चितवन १० मंसिर। नेकपा एमालेले केन्द्रीय कमिटिको अन्तिम बैठक बोलाएको छ । ९ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक साँझ ८ बजे बस्ने छ ।
चितवनमा जारी १० औं महाधिवेशन उद्घाटन समारोह सकिए लगत्तै जंगल क्राउन होटल सौराहामा अन्तिम बैठक बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा ९ औं महाधिवेशनपछिको समिक्षा, १० औं महाधिवेशन उद्घाटनसत्र, भोवी नेतृत्व, पार्टीकोे कार्यदिशा लगाएतका विषयमा छलफल हुने छ ।
