• ट्रेण्डिङ्ग :
वीरगन्जमा महिलामाथि एसिड प्रहार भएको घटनामा संलग्न २ जना पक्राउ

वीरगन्जमा महिलामाथि एसिड प्रहार भएको घटनामा संलग्न २ जना पक्राउ


  • 7.6K
    SHARES
    • चैत्र १२, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    वीरगन्जमा महिलामाथि एसिड प्रहार भएको घटनामा संलग्न २ जना पक्राउ

    काठमाडौं, १२ चैत । वीरगन्ज महानगरपालिका–१३ श्रीपुर टोल बस्ने २८ वर्षीया महिलामाथि एसिड प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु साह र सोही ठाउँ बस्ने ५० वर्षीय हवारी साह रहेका छन् । उनीहरुलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    माइतीघर बारा कलैया उपमहानगरपालिका–२३ कोरिया टोल जाने क्रममा मोटरसाइकलमा आएका २ जनाले ती महिलालाई एसिड प्रहार गरेका थिए ।

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप