‘केपी बा आइ लभ यु’ भनेर कम्युनिष्ट पार्टी चन्दैन: अध्यक्ष  नेपाल

‘केपी बा आइ लभ यु’ भनेर कम्युनिष्ट पार्टी चन्दैन: अध्यक्ष  नेपाल


  • 10.6K
    SHARES
    • चैत्र १२, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 16.2K Views

    ‘केपी बा आइ लभ यु’ भनेर कम्युनिष्ट पार्टी चन्दैन: अध्यक्ष  नेपाल

    काठमाडौं, १२ चैत्र । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीले पार्टीलाई प्रालि जस्तो बनाएर कार्यकर्तालाई सिद्धान्तभन्दा केपी बा आइ लभ यु भन्न सिकाएकाले अहिलेको अवस्था सृजना भएको आरोप लगाएका छन् ।

    images

    केपीले पार्टी निर्माणमा योगदानभन्दा गुट र गुण्डा उत्पादन गरेर अराजकता सृजना गरेकाले पार्टीमा विद्रोह भएको नेपालले बताए । ‘कम्युनिष्ट पार्टी केपी बा आइ लभ यु चल्दैन । कामरेडहरूलाई लाल सलाम र पार्टीका सिद्धान्त सिकाउनुपर्छ,’ उनले भने, ‘पार्टी बनाउने म कब्जा गर्ने केपी ।’

    नेकपा एकिकृत समाजवादी गुल्मीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अब एमाले पार्टी नभएकाले केपी पार्टीलाई आगामी तीन वटै निर्वाचनमा धुँलो पार्ने बताए ।केपीका कारण ग्रहण लागेको सूर्य कालीगण्डकीमा बगाएर कलम चिन्हमार्फत देशको समृद्धि खोज्न कार्यकर्तालाई आग्रह गरे ।

  • सम्बन्धित विषय:

  • # नेकपा एकिकृत समाजवादी

  • तेस्रो आँखा
    लेखकबाट थप