काठमाडाैं, १३ चैत्र । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालकाे तराईमा जनसङ्ख्या धेरै भए पनि कुनै पनि निकायमा यहाँका नागरिकको प्रतिनिधित्व कम रहेको बताएका छन्।
आइतबार कपिलवस्तुको कृष्णनगरमा आयोजित पार्टीको भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् । शिक्षा, आर्थिक र जातीय हिसाबले पछाडि परेका नागरिकलाई सरकारले लगानी गरी माथि उकास्नुपर्ने उनको भनाई छ ।
फरक प्रसंगमा उनले मधेसका कतिपय नागरिक अझै पनि नागरिकताबाट वञ्चित रहेको उल्लेख गरे । नागरिकता दिनु सरकारको दायित्व भएको उनको भनाई थियो। यादवले जसपाको अनुशासन आयोगका संयोजक नरसिंह चौधरी, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादव, प्रदेश अध्यक्ष अशोक यादवलगायतले पार्टीलाई आगामी निर्वाचनमा विजयी गराउन आग्रह गरे।
