• ट्रेण्डिङ्ग :
प्रहरी र व्यवसायीबीच झडप, स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार

प्रहरी र व्यवसायीबीच झडप, स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार


  • 7.9K
    SHARES
    • चैत्र १३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    प्रहरी र व्यवसायीबीच झडप, स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार

    काठमाडाैं, १३ चैत्र । धनुषाको विदेह नगरपालिकामा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ ।

    images

    तिनकौरीया चोकको पास पसलमा आगलागी भएको विषयबाट सुरु भएको विवादमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख एसपी वसन्त रजौरेका अनुसार आगलागी भएपछि स्थानीय व्यवसायीले नगरपालिकाले सीसी क्यामरा ठिक अवस्थामा नराखेको भन्दै विरोध प्रदर्शन गरेका थिए । त्यसक्रममा तनावको स्थिति सिर्जना हाे ।

    झडपमा केही सामान्य घाइते भएको भनिएको छ । प्रहरीका अनुसार स्थानीय व्यवसायीले पान पसलमा कुनै व्यक्तिले आगजनी गरेको आशंका गरेका छन् । त्यहीबीच नगरपालिकाले सीसी क्यामरा ठिक अवस्थामा नराखेको भन्दै प्रदर्शन भएको बताइएको छ ।

     


    तेस्रो आँखा
    लेखकबाट थप