कांग्रेसमा गठबन्धन गरेर जानुपर्छ भन्नेको मत बलियो छ: डा. महत

कांग्रेसमा गठबन्धन गरेर जानुपर्छ भन्नेको मत बलियो छ: डा. महत


  • 10.3K
    SHARES
    • चैत्र १३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 15.8K Views

    कांग्रेसमा गठबन्धन गरेर जानुपर्छ भन्नेको मत बलियो छ: डा. महत

    काठमाडौं, १३ चैत्र । सत्तारुढ दल नेपाली कांग्रेसमा आगामाी स्थानीय तहको निर्वाचमा आवश्यताको आधारमा गठबन्धन गरेर जानुपर्छ भन्ने मत बलियो देखिएको छ । 

    images

    आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पवक्ता डा. प्रकाशशरण महतले आफ्नो पार्टीमा गठबन्धन गर्नुपर्छ भन्ने पक्ष बलियो भएको बताएका हुन् । तर पार्टीको केन्द्रीय समिति बैठकमा सबै वक्ताहरुले बोलेपछि मात्र यसबारेमा आधिकारिक निर्णय गर्ने उनको भनाइ छ । हालसम्म बोलेका वक्ताहरुमा अधिकांशले कतिपय ठाउँमा गठबन्धन गरेर जानुपर्ने धारणा राखेको उनले बताए ।

    ‘वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन छ । त्यसमा कसरी जाने भन्ने विषयमा पनि साथीहरुले आ–आफ्नो जिल्लाको अनुभवको आधारमा सुझाव सल्लाह दिनुभएको छ । गठबन्धनको आवश्यकता छ भन्ने नै कुरा उहाँहरुले गर्नुभएको छ, प्रवक्ता महतले भने,आवश्यकताको सिद्धान्तमा निर्वाचनमा जाने भनेको भावनाको विषयमात्रै होइन, बढीभन्दा बढी सफलता निर्वाचनमा हासिल गर्नको लागि हामी निर्वाचनमा जाने र बढीभन्दा बढी सफलता हासिल गर्न कतिपय ठाउँमा समझदारी गरेर गठबन्धन गरेर पनि जानु पर्दछ भन्ने नै अधिकांश साथीहरुको मत छ ।


     

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप