अब एसइईमा उमेर हद नलाग्ने 

अब एसइईमा उमेर हद नलाग्ने 


  • 10.2K
    SHARES
    • चैत्र १४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 15.7K Views

    अब एसइईमा उमेर हद नलाग्ने 

    काठमाडौं, १४ चैत । अब एसइईमा उमेर हद नलाग्ने भएको भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन संशोधन गरेको गरेसँगै उमेर हद नलाग्ने भएको हो । ऐनअनुसार जुनसुकै उमेरको विद्यार्थीले आगामी वैशाख ९ गते हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षामा सहभागी हुन पाउनेछन् । 

    images

    मन्त्रालयले  शिक्षा ऐनको दफा २ को खण्ड (घ) र (छ), शिक्षा नियमावली २०४९ को नियम ७८ को उपनियम ८२ मा संंशोधन गरी उमेरको थ्रेसहोल्ड हटाएको हो। 

    साना उमेरका विद्यार्थीमा पनि क्षमता हुने भएकाले कक्षा १० मा एसइई दिन पाउने व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार अब उमेरकै कारण कुनै विद्यार्थीको एसइई परीक्षा रोकिने छैन।

    यसअघि कक्षा १० मा एसएलसी हुने व्यवस्था थियो। ५ वर्षको विद्यार्थी कक्षा १ मा भर्ना हुने सरकारी व्यवस्थाका कारण १४ वर्ष उमेर पुगेकाले मात्र एसएलसी दिन पाउने व्यवस्था शिक्षा ऐनमा  थियो । तर हाल कक्षा १२ मा एसएलसी अर्थात् स्कुल लिभिङको व्यवस्था भयो। तर शिक्षा ऐनमा २०२८ कै व्यवस्था कायम रहेकाले धेरै विद्यार्थी समस्यामा परेका थिए।

    यस्ताे व्यवस्थाका कारण धेरै विद्यार्थी समस्या पारेको भन्दै मन्त्रालयले ऐनमा एसइईको उमेर हदको व्यवस्था हटाएको हो । 

    कक्षा १२ मा एसएलसी हुने भएकाले अब कुनै पनि उमेर हद लाग्दैन ।   


    तेस्रो आँखा