देशभर पश्चिमी वायुको प्रभाव: आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव: आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना


  • 2.2K
    SHARES
    • फाल्गुण १, २०८२ शुक्रबार
    • ८ महिना अघि
    • 3.4K Views

    देशभर पश्चिमी वायुको प्रभाव: आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले 

    images

    हाल  कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।

    आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया  बादल र  बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

    आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा  साधरणतया  बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

    कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # मौसम

  • तेस्रो आँखा