काठमाडाैं,१४ चैत्र । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस केन्द्रीय समितिको शुक्रबारदेखि चालु बैठक आज सकिदै छ । बैठकमा धारण राख्नेहरु करिव सकिन लागेका छन् । आइतबार ५४ जना केन्द्रीय सदस्यले धारणा आफ्नो राखेका थिए । गत शुक्रबार २० केन्द्रीय सदस्य सहित ६ प्रदेश सभापतिहरुले धारण राखेका थिए ।
बैठकको पहिलो दिन आसन्न स्थानीय तहमा चुनावी तालमेल गरेर जान नहुँने धारण अधिक वक्ताहरुले राखेका थिए । त्यस विषयमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव एक्ललै जित्न नसकिने भन्दै संकटमा साथ दिएका दलहरुलाई पनि सँगैलाने बताएका थिए । अधिकांश प्रदेश सभापतिहरुको भुगोलको रिपोर्ट चुनावमा एकल जाने भन्ने थियो । सभापति देउवाले त्यसको खुलेरै प्रतिरोध गरेका थिए ।
शुक्रबारको बैठकमा चुनावी गठबन्धनको विपक्षमा धारणा राख्ने नेताहरुले तालमेल गर्दा कंग्रेस आईकै हालत हुनेसम्मको कुरा बोलेपछि देउवा आक्रोशित बनेका थिए। चुनाव पनि हार्ने र गठबन्धनको पनि विरोध गर्ने भन्दै जितेर देखाउन चुनौती दिएका थिए । बैठकको देस्रो दिन आएतबार ५४ जना केन्द्रीय सदस्यले राखेको धारणा विश्रित आएको नेताहरुले बताएका छन् । आइतबार भने सभापति शेरबहादुर देउवा केही बोलेनन् ।
बैठकमा बोल्ने धेरैले गठबन्धन गर्ने तर त्यसको निर्णय गर्ने अधिकार पार्टीको स्थानीय संरचनालाई नै दिनुपर्ने धारणा राखेका थिए । गठबन्धनको पक्षमा बोल्ने सदस्यहरुले एमालेको चुनावी सर्वेक्षणसमेत सुनाएका छन् । केन्द्रीय सदस्य एनपी साउदले गठबन्धन गर्दा कम सीटमा जित्ने एमालेको रिपोर्ट आफूले पाएको भन्दै केन्द्रीय बैठकमा सुनाएका थिए । उनका अनुसार एमालेले गरेको सर्वेक्षणमा एक्ला एक्लै गयो भने तीन सय सीट जित्ने र वर्तमान गठबन्धन सँगै भयो भने दुई सय सीटमात्रै आउने आंकलन गरेको छ ।
देउवाले गठबन्धन नगर्दा एमाले–माओवादी फेरि मिल्न सक्ने कांग्रेस फेरि हार्ने कुरा बुझाएपछि पहिलो दिन तालेमलको विपक्षमा तातेको केन्द्रीय समिति दोस्रो दिन आइतबार भने गठबन्धनको पक्षमा लचक देखियो । शुक्रबार तालमेलको पक्षमा खरो उत्रिएका सभापति देउवाले शनिबार पनि एक कार्यक्रममा कम्युनिस्ट फुटिहाले जितिहाल्छौं भन्ने भ्रम नपाल्न नेताहरुलाई आग्रह गरेका थिए । एमाले अझै बलियो रहेको भन्दै कांग्रेसले गठबन्धन नगर्ने हो भने प्रचण्ड एमालेसँग मिल्ने सम्भावना कायमै रहेको उनले बताएका थिए । एमाले र माओवादी मिलेभने कांग्रेसको हालत पूनः पहिलाकैजस्तौ हुने उनको ठहर छ ।
संस्थापन इतरका नेता डा शेखर कोइरालाले पनि कम्युनिष्ट मिल्छन् भन्ने चिन्ता आफूलाइ पनि रहेको बताएका थिए । तर चुनावी तालमेल गर्दा माथिबाट भागबण्डा गर्ने विषय कार्यकर्तातहमा स्वीकार्य नहुँने र कांग्रेसको अवस्था जगदेखिनै झन विग्रने चिन्ता बढेको कोइरालको भनाइ छ । गठबन्धनको कुरा आवश्यकताका आधारमा भुगोललाई नै गर्न दियो भने आन्तरिक समस्या कम हुने कोइराला समुहको जोड छ ।
देउवा निकटका अधिकांश केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरुको समेत धारण कोइरालासँग मेलखाने आएकाले बैठकको अन्तिम निर्णय वर्तमान सत्ता गठबन्धनसँगै चुनावी एकता गर्ने तर आवश्यकता र औचित्यका आधारमा जिल्ला तहलाई नै निर्णय गर्ने जिम्मेवारी दिने गरी आउन सक्ने केन्द्रीय सदस्यहरुले बताएका छन् ।महानगपालिका भने केन्द्रबाटै भागबण्डा गरेरै जानेगरी केन्द्रीय समितिले निर्णय गर्न सक्ने सम्भावना बढेको नेताहरुको भनाइ छ । केन्द्रीय समितिको बैठक सोमबार पनि ११ः३० बजे केन्द्रीय कार्यालय सानेपामा निरन्तर जारी रहने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सोमबारको बैठकले वर्तमान गठबन्धन दलहरुसँगको चुनावी तालमेल, तालमेलको मोडालिटी, संसदीय बोर्ड र टिकटको मापदण्डका विषयमा समेत टुंगो लगाउने छ । कांग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी रहेका छन् । बैठको निर्णय सार्वजनिक भएलगतै सबै नेता कार्यकर्ताहरु चुनावी अभियान लिएर भुगोलमा खटिने कांग्रेसले जनाएको छ ।
