कांग्रेस जिल्ला अधिवेशनमा झडप, तीन जना गम्भीर घाइते

कांग्रेस जिल्ला अधिवेशनमा झडप, तीन जना गम्भीर घाइते


  • 8.4K
    SHARES
    • मंसिर १०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    कांग्रेस जिल्ला अधिवेशनमा झडप, तीन जना गम्भीर घाइते


    दार्चुला, १० मंसिर । नेपाली कांग्रेस दार्चुलाको अधिवेशनका क्रममा मतगणना स्थलमा दुवै पक्षबीच झडप भएको छ ।

    images

    कांग्रेस दार्चुलाको सभापतिमा वर्तमान सभापति ललित सिंह बोहरा र पार्टी उप–सभापति एवं शैल्यशिखर नगरपालिकाका मेयर अमरसिह धामी चुनावी मैदानमा उत्रिएका छन् । महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि विहीबार मतदान भएको थियो ।

    मतदान स्थलमा एक अर्काे पक्षविरुद्ध नाराबाजी भएपछि विहीबार राती दुबै पक्षबीच झडप भएको हो । झपडमा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी पुष्करसिंह ऐरीले जानकारी दिनुभयाे । 

    धामी पक्षका कार्यकर्ता राजेन्द्र विष्ट, सुरेश विष्ट र बसन्तबहादुर चन्दको टाउकोमा गम्भीर चोट लागको छ । गम्भीर घाइते तीनै जनालाई उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला अस्पतालका इमरजेन्सी शाखाका स्टाफ नर्स मञ्जु भट्टले जानकारी दिनुभयाे । 

    झडपमा संलग्न पाँच जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक ऐरीले बताउनुभयाे । 

    बोहराको अग्रता

    विहीबार सम्पन्न मतदानको आज विहानदेखि मतगणना सुरु गरिएको छ । क्षेत्र ‘क’ को चार सय मत गणना भएको छ । जसमा सभापति पदमा ललित सिंह बोहराले २ सय ८०  र अमरसिंह धामीले १ सय १२ मत प्राप्त गरेका छन् ।  क्षेत्र ‘क’ बोहराको गृह क्षेत्र भएकाले अग्रता देखिएको छ । क्षेत्र ‘ख’ धामीको गृह क्षेत्र भएकाले सभापति पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

    विहीबार भएको निर्वाचनमा कुल १ हजार ४३ मतमध्ये ९ सय ५६ मत खसेको निर्वाचन अधिकृत देवराज अवस्थीले जानकारी दिनुभयाे । दार्चुला जिल्लाको क्षेत्र नम्बर (क) का ४ सय ५६ मतदाता मध्ये ४ सय १८ मत र क्षेत्र नम्बर (ख) का ५ सय ८७ मध्ये ५ सय ३८ मत खसेको अवस्थीले बताउनुभयाे । 

  • सम्बन्धित विषय:

  • # कांग्रेस अधिवेशन
  • # दार्चुला

  • तेस्रो आँखा