मधेशको राजधानीबाट कांग्रेसले ल्यायो चुनावी प्रतिज्ञापत्र

मधेशको राजधानीबाट कांग्रेसले ल्यायो चुनावी प्रतिज्ञापत्र


  • 703
    SHARES
    • फाल्गुण ६, २०८२ बुधबार
    • ८ महिना अघि
    • 1.1K Views

    मधेशको राजधानीबाट कांग्रेसले ल्यायो चुनावी प्रतिज्ञापत्र

    महोत्तरी, फागुन ६ गते । नेपाली कांग्रेसको चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक भएको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बुधबार जनकपुरधाममा आयोजित विशेष कार्यक्रममा प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको हो ।

    images

    सभापति थापाको प्रमुख आतिथ्यमा मधेश प्रदेशको राजधानी जनकपुरधामबाट पहिलो पटक चुनावी सभा गरेर कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । आगामी निर्वाचनलाई लक्षित गरी ल्याइएको उक्त प्रतिज्ञापत्रमा मधेशको समृद्धि, समावेशिता र आर्थिक विकासका एजेन्डालाई प्राथमिकता दिइएको छ ।

    नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि १० बुँदे ‘भिजन’ सहितको प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । पार्टी सभापति थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल र मधेश प्रदेशका सभापतिसहितका नेताको उपस्थितिमा जनकपुरधाम सभामा उक्त प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।

    प्रतिज्ञापत्रका १० बुँदा

    - सम्मानित भएर बाँच्न पाउने नेपाल

    - सपना देख्न सक्ने नेपाल

    - सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल

    - पेटभरि खुवाउने र देशलाई चिनाउने किसानको नेपाल

    - ओखती र ओत दिने नेपाल

    - छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल

    - बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल

    - मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल

    - विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल

    - समुन्नतिमा लम्किने नेपाल 

     


    तेस्रो आँखा