• ट्रेण्डिङ्ग :
एमालेको चुनाव चिन्ह अङ्कित झण्डा जलाउने पक्राउ

एमालेको चुनाव चिन्ह अङ्कित झण्डा जलाउने पक्राउ


  • 937
    SHARES
    • फाल्गुण ८, २०८२ शुक्रबार
    • ८ महिना अघि
    • 1.4K Views

    एमालेको चुनाव चिन्ह अङ्कित झण्डा जलाउने पक्राउ

    काठमाडौँ, फागुन ८ गते । दाङको तुल्सीपुर उपमहानगरपालिका –५ को विरेन्द्र चोकमा नेकपा (एमाले) को चुनाव चिन्ह अङ्कित झण्डा जलाएको आरोपमा ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेका छन् । 

    images

    जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रेशम बोहराका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–५ विरेन्द्र चोकमा भएको उक्त घटनामा सङ्लग्न दाङ तुलसीपुर उपमहानगरपालिका–७ कालाखोला बस्ने ५५ वर्षीय बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको हो ।

    घटनामा सङ्लग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको तथा उक्त घटनाले सामाजिक सद्भावमा खलल पुर्‍याउने भएकोले कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ ।

    फागुन ७ गते बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई स्वागत गर्न उपस्थित भीडमा केही अपरिचित व्यक्तिहरुले नेकपा (एमाले) को चुनाव चिन्ह अङ्कित झण्डा जलाइको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ ।  


    तेस्रो आँखा