रौतहटमा कर्फ्यू आदेश जारी

रौतहटमा कर्फ्यू आदेश जारी


  • 1.4K
    SHARES
    • फाल्गुण ९, २०८२ शनिबार
    • ८ महिना अघि
    • 2.1K Views

    रौतहटमा कर्फ्यू आदेश जारी

    काठमाडौँ । रौतहटमा कर्फ्यू आदेश जारी गरिएको छ ।

    images
     

    दुई समुदायबीच भएको झडपका कारण गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा कर्फ्यू आदेश जारी गरिएको हो ।

    जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै शनिबार दिउँसो १ बजेबाट कर्फ्यू आदेश जारी गरिएको जानकारी दिएको छ ।

     

    प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालका अनुसार पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार कार्यालयमा कर्फ्यू जारी गरिएको छ ।

    मस्जिदमा प्राथना भइरहेको बेलामा हिन्दू समुदायले बाजा बजाएको भन्दै शुक्रबार बिहानैबाट रौतहटका गौर क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो । अहिले पनि अवस्था असामान्य बन्दै गएपछि कर्फ्यू जारी गरिएको हो ।

    स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यासका सेलहरू प्रहार गरिरहेको छ भने कर्फ्यू अवधिमा कुनै पनि व्यक्ति घरबाहिर निस्कन, भेला जुलुस गर्न, सभा प्रदर्शन गर्न तथा आवतजावत गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

    झडपका क्रममा प्रदर्शनकारीहरुले केही सवारी साधनमा आगजनी र केहि घरमा तोडफोड गरेका छन् ।

    अवस्था बिग्रन नदिन प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरेको छ ।

     
     


    तेस्रो आँखा