• ट्रेण्डिङ्ग :
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो


  • 1.5K
    SHARES
    • फाल्गुण १३, २०८२ बुधबार
    • ८ महिना अघि
    • 2.3K Views

    सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    काठमाडौँ, फागुन १३  ।  आज स्थानीय बजारमा मङ्गलबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १३० ले बढेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल रु पाँच हजार ७१५ निर्धारण भएको छ । 

    हिजो मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५८५ निर्धारण भएको छ । सोमबार एक तोला छापावाल सुन तीन लाख १३ हजार ५०० र एक तोला चाँदी रु पाँच हजार ५९५ मा खरिदबिक्री भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १८० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस


    तेस्रो आँखा