• ट्रेण्डिङ्ग :
कुवेतस्थित अमेरिकी दूतावासमा हवाई आक्रमणको साइरन

कुवेतस्थित अमेरिकी दूतावासमा हवाई आक्रमणको साइरन


  • 3.2K
    SHARES
    • फाल्गुण १९, २०८२ मंगलबार
    • ८ महिना अघि
    • 4.9K Views

    कुवेतस्थित अमेरिकी दूतावासमा हवाई आक्रमणको साइरन

    कुवेत, फागुन १९ गते । कुवेतभर हवाई आक्रमणको साइरन बजेको छ। कुवेतस्थित अमेरिकी दूतावास नजिकैको क्षेत्रमा धुवाँ उडिरहेको देखिएको बताइएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार धुवाँको कारणबारे तत्काल कुनै स्पष्ट विवरण प्राप्त भएको छैन र अधिकारीहरूले अहिलेसम्म आधिकारिक वक्तव्य जारी गरेका छैनन्।

    images

    यसैबिच दूतावासले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा कुवेतमाथि क्षेप्यास्त्र र मानवरहित हवाई सवारी साधन (ड्रोन) आक्रमणको निरन्तर खतरा रहेको चेतावनी दिँदै अमेरिकी नागरिकहरूलाई दूतावास नजिक नजान आग्रह गरेको छ।

    दूतावासले कुवेतमा रहेका अमेरिकी नागरिकहरूलाई सुरक्षित स्थानमै रहन, आक्रमणको अवस्थामा सुरक्षा योजना समीक्षा गर्न र सम्भावित भविष्यका आक्रमणका लागि सतर्क रहन पनि सुझाएको छ। विज्ञप्तिमा दूतावासका कर्मचारीहरू पनि सुरक्षित स्थानमै रहेको उल्लेख गरिएको छ। सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

     


    तेस्रो आँखा