प्रधानमन्त्री देउवाकाे भारत भ्रमण १८ चैतमा

प्रधानमन्त्री देउवाकाे भारत भ्रमण १८ चैतमा


  • 7.7K
    SHARES
    • चैत्र १४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    प्रधानमन्त्री  देउवाकाे भारत भ्रमण १८ चैतमा

    काठमाडाैं,१४ चैत्र।  प्रधानमन्त्री तथा नोपली कांग्रेसका सभापति शेरबहादुर देउवा १८ चैतमा भारत भ्रमणमा जाने भएका छन् । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो एकै समयमा विज्ञप्ति जारी गर्दै भ्रमणको औपचारिक जानकारी दिएको हो ।

    images

    प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच १९ चैतमा भेटवार्ता हुनेछ । भ्रमणका क्रममा देउवाले भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नेछन् ।

    भारतीय व्यवसायीहरुलाई पनि सम्बोधन गर्ने प्रधानमन्त्री देउवाले २० चैतमा नेपाल फर्किनुअघि वाराणासीको पनि भ्रमण गर्नेछन् ।
    भ्रमणमा प्रधानमन्त्रीसँगै उनकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा। नारायण खड्का, अरु मन्त्री र सचिवहरु पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री

  • तेस्रो आँखा
    लेखकबाट थप