• ट्रेण्डिङ्ग :
निर्वाचन अपडेट: कैलालीको पाँच वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

निर्वाचन अपडेट: कैलालीको पाँच वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता


  • 911
    SHARES
    • फाल्गुण २३, २०८२ शनिबार
    • ८ महिना अघि
    • 1.4K Views

    निर्वाचन अपडेट:  कैलालीको पाँच वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

    धनगढी, फागुन २३ गते । कैलालीको पाँच वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ । शनिबार बिहान ६ बजेसम्मको मतगणना परिणाम अनुसार क्षेत्र नम्बर १ मा रास्वपाका कोमल ज्ञावाली फराकिलोे मतान्तरका साथ अग्र स्थानमा हुनुहुन्छ ।

    images

    उहाँले १५ हजार २१ मत प्राप्त गर्नु भएको छ । ज्ञावालीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जनक चौधरीले नौ हजार ७१७ मत प्राप्त गर्नुभएको छ ।

    त्यसैगरी, क्षेत्र नम्बर २ मा रास्वापका केपी खनाल तीन हजार ३०७ मतका साथ अग्रता लिनु भएको छ । नेकपा (एमाले) का सूर्यबहादुर थापाले दुई हजार १२२ मतका साथ खनाललाई पछ्याइ रहनुभएको छ ।

    क्षेत्र नम्बर ३ मा रास्वपाकै जगतप्रसाद जोशी सात हजार ८८६ मत प्राप्त गरी अग्रता बढाइ रहनुभएको छ । उहाँलाई पछ्याइ रहनुभएका नेपाली कम्युनिष्ट पार्टीका विरमान चौधरीले पाँच हजार ५८३ मत प्राप्त गर्नु भएको छ ।

    क्षेत्र नम्बर ४ मा रास्वपाका खेमराज कोइरालाले छ हजार २९९ मतका साथ अग्रता बढाइ रहनुभएको छ । उहाँलाई पछ्याइ रहनुभएका नेपाली कांग्रेसका गोरखबहादुर विष्टले दुई हजार ५२५ मत प्राप्त गर्नुभएको छ ।

    यस्तै, क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्दबहादुर चन्द २० हजार १४३ मत प्राप्त गरी फराकिलो मतान्तर बनाउनुभएको छ । उहाँको निकटमा रहनुभएका नेपाली कांग्रेसका नरनारायण शाह मनुले सात हजार १४७ मत प्राप्त गर्नुभएको छ ।  

     


    तेस्रो आँखा