• ट्रेण्डिङ्ग :
कपिलवस्तुको महाराजगंजका केही क्षेत्रमा निषेधाज्ञा

कपिलवस्तुको महाराजगंजका केही क्षेत्रमा निषेधाज्ञा


  • 2.0K
    SHARES
    • चैत्र ७, २०८२ शनिबार
    • ७ महिना अघि
    • 3.0K Views

    कपिलवस्तुको महाराजगंजका केही क्षेत्रमा निषेधाज्ञा

    कपिलवस्तु, चैत्र ७ गते । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । 

    images

    जिल्ला सुरक्षा समितिको निर्णयानुसार निमित्त प्रमुख जिल्ला अधिकारीबाट स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।

    जारी आदेशअनुसार चैत ७ गते दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी तोकिएका क्षेत्रमा कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको निमित्त प्रजिअ भविश्वर घिमिरेले बताउनुभयो । 

    आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गरिने उहाँको भनाई छ । कपिलबस्तुको महाराजगंज नगरपालिकाको वडा नं. २ बरगदामा दुई समुदायबिच भएको विवादका कारण निषेधाज्ञा जारी गरिएको निमित्त प्रजिअ घिमिरेले बताउनुभयो ।

    निषेधाज्ञा लागू गरिएको क्षेत्रको सीमाना पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगंज चोक, उत्तरमा महाराजगंज बजार र दक्षिणमा हर्दोना तोकिएको छ ।

     


    तेस्रो आँखा