काठमाडौं, १५ चैत्र । नेपाली कांग्रेस सिद्धिचरण नगरपालिका वडा नं ९ ओखलढुंगाका का वडा सभापति तथा वडा सदस्य गुणराज खड्काले अशक्तलाई सम्मान गरेर जन्मदिन मनाएका छन् ।
खड्काले जन्मदिनकाे अवसरमा शारीरिक रुपले पूर्ण अशक्त भएर दैनिक जिवन यापनमा असहजता देप्दै आएका आफ्नै वडाका ६ जनालाई फलफूल,जुस खुवाएर र दाेसल्ला ओढाएर जन्मदिन मनाएका हुन् ।
वडाका जनप्रतिनिधी समेत रहेका उनले आफ्नो जन्मदिनलाई अशक्तहरूकाे सेवामा समर्पित गरेकाे बताएका छन् । गाउँकै शारीरिक रुपमा अशक्तहरुलाई दोसल्ला ओढाएर, फलफुल वितरण गर्दा त्म सन्टुष्टी भएकाे खड्काले बताए ।
यस्ता अशक्तलाई सरकारले दैनिक जिवनयापनकाे सहजताका लागि सम्पूर्ण सहयाेग गर्नुपर्ने उनले बताए । फलफुलका साथै फ्रुटी र दाेसल्ला ओढ्न पाउँदा शारिरीक पूर्ण अशक्त भएका ६ जनामा एकैदिन भएपनि खुसी व्यक्त गरेका छन् ।
