• ट्रेण्डिङ्ग :
पर्यटकीय योजनाबाट समृद्धिका आधारहरु तय हुनेछन –एमाले अध्यक्ष ओली  

पर्यटकीय योजनाबाट समृद्धिका आधारहरु तय हुनेछन –एमाले अध्यक्ष ओली  


  • 8.7K
    SHARES
    • चैत्र १५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 13.4K Views

    पर्यटकीय योजनाबाट समृद्धिका आधारहरु तय हुनेछन –एमाले अध्यक्ष ओली  

    बुटबल १५ ,चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पर्यटकीय योजनाबाट समृद्धिका आधारहरु तय हुने बताएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा निर्माण भएको बहुउद्देश्यीय टावरको उद्घाटन गर्दै ओलीले सो कुरा बताएका हुन । 

    images

    एमाले नेतृत्वको तीनवर्षे सरकारले अघि सारेका विकास पूर्वाधार पूर्णबन्दै गएको उनको भनाइ छ  । अध्यक्ष ओली भने, ‘पर्यटकीय गन्तव्यलाई विशेष योजना बनाउन सकिन्छ, संसारमा केही नभएका देशहरुले कृतिम वस्तु बनाएर पर्यटकीय क्षेत्र बनाएर आफ्नो मुख्य आम्दानीको स्रोत बनाएका छन् अब यसमा हामीले ध्यान दिनुप¥यो । उनीहरुसँग बुद्धस्थल छैन, सगरमाथा छैन, हिमाल छैन, तालतलैया छैन, पहाडका श्रृखंला छैनन्, रुख छैनन् तर पर्यटकको ओइरो छ, हामीले अब योजनाबद्ध बनाएर जाऔं ।’

    २०७२ सालको भूकम्पमा ढलेको काठमाडौंको धरहरापछिको अग्लो र सुविधासम्पन्न भनिएको टावरको भुइँतला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ । कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको टावरको पहिलोदेखि छैटौं तलासम्म व्यावसायिक प्रयोजनमा प्रयोग हुनेछ भने बाँकी तलाबाट दृश्यावलोकन हुनेछ । तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहारको संयुक्त लगानीमा निर्माण भएको टावर आर्थिक वर्ष २०७३÷७४ मा ठेक्का सम्झौता भएको थियो । १० तले टावर एक सय ३४ फिट उचाइको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप