रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिट्लर हुन्– मिलन पाण्डे

रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिट्लर हुन्– मिलन पाण्डे


  • 8.9K
    SHARES
    • चैत्र १५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिट्लर हुन्– मिलन पाण्डे

    काठमाडौं, १५ चैत्र । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले विवेकशील साझाका संयाेजक रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिटलर भएको आरोप लगाएका छन् ।

    images

    मंगलबार पाण्डे समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी अफिसमा प्रवेशमा रोक लगाएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आरोप लगाएका हुन् । उनले लेखेका छन् ‘साथीहरु, रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे  हिट्लर हुन् । म मिश्रको यो कदमको घोर भत्र्सना गर्छु ।’

    रवीन्द्र मिश्रले आफ्नै पार्टीका नेताहरुलाई पार्टी अफिसमा प्रवेशमा रोक लगाएर पार्टी कब्जा गर्ने प्रयत्न गरेको आराेप समेत लगाए । उनको याे कदम अलोकतान्त्रिक भएको पाण्डेकाे दाबी छ । अन्तमा उनले लेखेका छन्– ‘पार्टी अफिस मिश्रको पेवा होइन । आम नागरिकको पैसाबाट चल्ने केन्द्रीय कार्यालय सम्पूर्ण सदस्यको त हो नै, आम नागरिकको पनि हो । यस्तो नि हुन्छ ?’

    विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र विरोधी पक्षले पार्टी केन्द्रीय कार्यालयमै पत्रकार सम्मेलन गर्न खोजेपछि तनावको स्थिति सिर्जना भएको थियो ।असन्तुष्ट पक्षले सोमबार बैठक गरेर अध्यक्ष मिश्रलाई किन कारबाही नगर्ने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय बखुण्डोलमा ११ बजे पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।त्यो कार्यक्रम रोक्न अध्यक्ष मिश्र पक्षले कर्मचारी बाहेक अन्यका लागि पार्टी केन्द्रीय कार्यालय बन्द गरेको सूचना जारी गरेको थियो ।

    अनधिकृत व्यक्तिहरुले कार्यक्रम गर्न खोजेको र त्यसको कारण उत्पन्न जोखिमलाई ध्यानमा राखी अनिश्चितकालका लागि कार्यालय बन्द गरेको सूचनामा उल्लेख छ । कार्यालय बन्द गरेपछि असन्तुष्ट पक्षका नेता कार्यकर्ताहरुले विरोध जनाएका कारण केही तनावपूर्ण अवस्था सिर्जना भएको थियो भने  त्यस क्रममा होहल्ला र नाराबाजी भएको थियो । असहज स्थिति उत्पन्न भएपछि प्रहरी पनि परिचालन गरिएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # विवेकशील साझा पार्टी

  • तेस्रो आँखा
    लेखकबाट थप