उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ। नेजाले टेक्ससको ड्यालसमा अप्रिल १८ र १९ तारिखमा विविध कार्यक्रम आयोजना गरी १९ औं स्थापना दिवस मनाउन लागेको हो ।
नेजाले स्थापनाको दिवसको अवसरमा नेजा कन्क्लेभको रुपमा अप्रिल १८ मा नेपाल अमेरिका सम्बन्धका बारेमा संवाद कार्यक्रम गरिनुका साथै विविध समुदाय अमेरिकाको शक्ति शिर्षकमा मन्तव्य श्रृखंलाको आयोजना गरिएको छ । जसमा अमेरिकाको राज्य सांसदहरुका साथै विभिन्न शहरका जनप्रतिनिधिहरु, नेपाली कुटनीतिज्ञ, समुदायका अगुवाहरु र संचारकर्मी हरुले धारणा राख्नुहुनेछ । सोही दिन , मिडियामा विविधता र समुदायका मुद्दाहरु सन्दर्भमा तथा विश्वव्यापी मिडियामा नेपाल प्रतिनिधित्व, वास्तविकता र विश्वव्यापी दृष्टिकोण सम्बन्धमा प्यानलगत संवादको कार्यक्रम रहेको छ । यस्तैं, डायस्पोरामा सामुदायिक मिडियाको व्यवस्थापनका सन्दर्भमा लामो समयदेखि डायस्पोरामा सामुदायिक मिडिया संचालन गरि रहेकाहरुको अनुभव आदान प्रदानको कार्यक्रम रहेको छ ।