• ट्रेण्डिङ्ग :
जगरनाथपुर र कौडेना गाउँपालिकाका कागजात अख्तियारकाे नियन्त्रणमा

जगरनाथपुर र कौडेना गाउँपालिकाका कागजात अख्तियारकाे नियन्त्रणमा


  • 8.1K
    SHARES
    • चैत्र १५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    जगरनाथपुर र  कौडेना गाउँपालिकाका कागजात अख्तियारकाे  नियन्त्रणमा

    काठमाडाैं,१५ चैत्र । अक्ख्तियार दुरुपयोग अनुसन्धान आयोगले तराईका दुई स्थानीय तहबाट कागजात नियन्त्रणमा लिएको छ । कोरोना महामारीका बेलामा राहत सामग्री वितरणमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको हो  अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पर्साको जगरनाथपुर र सर्लाहीको कौडेना गाउँपालिकाका केही कागजात नियन्त्रणमा लिएको हो ।

    images

    ‘कोरोना कालखण्डका बेलामा राहत र अरु आर्थिक सहायता वितरण भएको भनेर कागजात तयार भएको रहेछ’, अख्तियारस्रोतले भन्यो, ‘तर अन्यत्र रकम खर्च गरेको थाह पाएपछि हामीले अनुसन्धान थालेका हौं ।’ कोरोनाकालमा खाद्यान्नसहित अन्य राहत सामग्रीहरूको नक्कली बिल बनाएको भेटिएपछि छापा मारिएको अख्तियार श्रोतले जनाएको छ ।


    तेस्रो आँखा