जिल्ला अदालतको आदेश बदरको माग गर्दै पल पुगे उच्च अदालत

जिल्ला अदालतको आदेश बदरको माग गर्दै पल पुगे उच्च अदालत


  • 10.2K
    SHARES
    • चैत्र १५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 15.8K Views

    जिल्ला अदालतको आदेश बदरको माग गर्दै पल पुगे उच्च अदालत

    काठमाडौं, १५ चैत्र । नाबालिग गायिकामाथि बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका पल शाहले उच्च अदालत पोखरामा निवेदन दिएका छन्। 

    images

    जिल्ला अदालत तनहुँले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन दिएको आदेश बदर गरी पाउँ भन्दै उनका कानुन व्यावसायी उच्च अदालत पुगेका हुन्। शाहका कानुन व्यवसायी निवेदन लिएर मंगलबार उच्च अदालत पोखरा आएको उप(रजिष्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए। 

    उनकाअनुसार तनहुँ जिल्ला अदालतले पुर्पक्षको लागि शाहलाई थुनामा पठाउन दिएको बदर गरी पाउँ भनेर निवेदन परेको र निवेदन दर्ता भएको छ । फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम उच्च अदालतमा शाहका कानुन व्यवसायीले निवेदन दिएका हुन्।  चेत १० गते बिहीबार उनलाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। 

    बलात्कार मतियारका अभियोग लागेका उनका म्यानेजर कृष्ण जोशी एक लाख धरौटी बुझाएर छुटेका छन् । जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम् १४ वर्ष कैद सजायको माग गरेको थियो।  नाबालिग गायिकाले शाहले प्रेमको बहाना गरेर आफूलाई पटक पटक बलात्कार गरेको भन्दै उनी विरद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । 


    तेस्रो आँखा