• ट्रेण्डिङ्ग :
परिक्षाको परिणाममा फेरबदल गरेको भन्दै  छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

परिक्षाको परिणाममा फेरबदल गरेको भन्दै  छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


  • 5.6K
    SHARES
    • चैत्र १५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    परिक्षाको परिणाममा फेरबदल गरेको भन्दै  छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं, १५ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ पुर्याउने बदनियतले परिक्षाको परिणाममा फेरबदल गरेको भन्दै  छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालीन प्रमुख परशराम कोइरालासहित छ जनाकोविरुद्ध मुद्दा दायर गरेको हो ।

    images

     
    अख्तियारले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दै २०७४ सालमा भएको लेखा सहायक र पुस्तकालय सहायकको पदको लिखित परीक्षामा गलत मनसाय राखी परीक्षार्थीको उत्तरपुस्तिका केरमेट गरेको, प्राप्ताङ्कमा हेरफेर गरी मेरिट सूची फेरबदल गरेको आरोपमा लागेको बताइएको छ।

    सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम भ्रष्टाचारको कसुर भएको देखिँदा निजहरुउपर तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवानाको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ, अख्तिायारद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

    लेखा सहायक पदको प्रथम पत्र परीक्षण गर्ने सहप्राध्यापक केशव घिमिरे, दोस्रो पत्र परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपाने, पुस्तकालय सहाय पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय सहप्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका संपरीक्षण गर्ने प्राडा टेकनाथ ढकाल, उत्तरपुस्तिका रुजु गर्ने सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइराला र तत्कालीन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगले जनाएको छ । 

     

     


    तेस्रो आँखा
    लेखकबाट थप