कांग्रेसको चुनावी कमान्डरमा उपसभापति खड्का

कांग्रेसको चुनावी कमान्डरमा उपसभापति खड्का


  • 7.5K
    SHARES
    • चैत्र १५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    कांग्रेसको चुनावी कमान्डरमा उपसभापति खड्का

    काठमाडौं, १५ चैत्र । नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ ।

    images

    मंगलबार बसेको केन्द्रीय समिति बैठकले सो निणर्य गरेको हो । केन्द्रीइ समिति बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिएको र त्यसको संयोजकमा उपसभापति खड्कालाई तोकिएको जानकारी दिएका हुन् । 


    समितिको सदस्य पार्टी सभापति शेरबहादुर देउवाले आपसी परामर्शमा तोक्ने बताइएको छ । त्यस्तै निर्वाचन प्रचार प्रसार समिति संयोजकमा प्रवक्ता डा. महत चयन भएका छन् । सदस्यहरु सभापति देउवाले नै आपसी सहमतिमा चयन गर्नेछन् ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप