एमाले महाधिवेशनकाे बन्दसत्र आजबाट

एमाले महाधिवेशनकाे बन्दसत्र आजबाट


  • 5.9K
    SHARES
    • मंसिर ११, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    एमाले महाधिवेशनकाे बन्दसत्र आजबाट

    काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज (शनिबार) बाट सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन शुक्रबार चितवनस्थित नारायणी नदी किनारमा भएकाेमा बन्दसत्र आज सौराहामा हुन लागेको हो ।

    images

    एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार, बन्दसत्र बिहान १० बजेबाट सुरु हुनेछ । बन्दसत्रको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ । एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेता आएका छन् ।

    बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले केन्द्रीय कमिटीको शुक्रबार रातिको बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरिसकेको छ । त्यसैगरी, ९९ सदस्यीय पोलिट्ब्युरो बन्ने छ भने स्थायी कमिटी ४५ सदस्यीय हुनेछ ।

    सचिवालयको आकार बढाएर १९ सदस्यीय बनाइएको छ । अब एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव एक/एक जना हुनेछन् भने  उपाध्यक्ष ६ जना रहने छन् । 

    उपमहासचिव र सचिवको संख्या क्रमशः ३ र  ७ कायम गरिएको छ । महाधिवेशन आइतबारसम्म चल्नेछ ।


    तेस्रो आँखा