ललितपुर कांग्रेसमा चित्रकार, श्रेष्ठ र महर्जनबीच कडा प्रतिस्पर्धा

ललितपुर कांग्रेसमा चित्रकार, श्रेष्ठ र महर्जनबीच कडा प्रतिस्पर्धा


  • 6.6K
    SHARES
    • मंसिर ११, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    ललितपुर कांग्रेसमा चित्रकार, श्रेष्ठ र महर्जनबीच कडा प्रतिस्पर्धा
    काठमाडौं, ११ मंसिर । ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।

    ललितपुर कांग्रेस सभापतिका लागि शुक्रबार मनोनयन दर्ता भएको थियो, जस अनुसार पूर्व सभासद् रामकृष्ण चित्रकार, तरुण दलका नेता मिनकृष्ण महर्जन र जीतेन्द्र श्रेष्ठले उम्मेदवारी दिनुभएकाे छ ।

    images

    चित्रकारको सभापतिसहित छुट्टै प्यानल छ तर महर्जन र श्रेष्ठको भने सभापतिमा मात्रै छुट्टै प्यानल छ । बाँकी पदाधिकारी र सदस्यमा दुवैका समान उम्मेदवार छन् । 

    चित्रकारलाई वर्तमान सभापति मदन अमात्य, पूर्व सांसद चन्द्र महर्जन, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको साथ छ ।

    उता, महर्जनलाई कांग्रेस नेता उदयशमशेर राणा, तरुण दलका अध्यक्ष जितजंग बस्नेतलगायतको समर्थन छ । श्रेष्ठलाई प्रकाशमान सिंहको समर्थन छ । 

    तीनजना उम्मेदवार उत्तिकै सशक्त रहेकाले पहिलो राउन्डमै नतिजा नआउने र दोस्रो चरणमा चुनावमार्फत परिणाम आउने कांग्रेस नेताहरू बताउँछन् ।


    तेस्रो आँखा