काठमाडौं, १६ चैत। उच्च अदालत पोखराले नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश गर्दा प्रमाण लिएका कागजात मागेको छ ।
शाहले दिएको निवेदनको सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्दा प्रमाणमा लिएका कागजातको प्रमाणित प्रतिलिपी माग गरेको हाे ।
निवेदनअनुसार आदेश दिन फुल हेयरिङ हुनुपर्ने भएपनि यो प्रारम्भिक सुनुवाइ हाे ।
शाहलाई जिल्ला अदालत तनहुँले १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध शाहले मंगलबार दिएको निवेदनको बुधबार प्रारम्भिक सुनुवाइ भएको हो ।
