• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीको निर्देशन अनुसार काम गरिरहेका छौँः स्वास्थ्यमन्त्री मेहता

प्रधानमन्त्रीको निर्देशन अनुसार काम गरिरहेका छौँः स्वास्थ्यमन्त्री मेहता


  • 2.7K
    SHARES
    • जेठ २४, २०८३ आइतबार
    • ४ महिना अघि
    • 4.2K Views

    प्रधानमन्त्रीको निर्देशन अनुसार काम गरिरहेका छौँः स्वास्थ्यमन्त्री मेहता

    काठमाडौँ, जेठ २४ गते । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताउनुभएको छ ।

    images

    आइतबार मन्त्रालयका सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले प्रधानमन्त्री वालेन्द्र साहले उक्त कार्यसूचीमा काम गर्न निर्देशन दिएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको बताउनुभएको हो ।

    मन्त्री मेहताले मन्त्रालयमा धेरै सुधारका काम गर्नुपर्नेमा जानकारी रहेको भन्दै आगामी दिनमा सोही कामलाई सम्पन्न गर्न लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

    उहाँले आफ्नो मन्त्रालयले कम्तिमा १५ दिनमा सञ्चारकर्मीसँग भेटघाट गरी मन्त्रालयको कामकारबाहीका बारेमा जानकारी गराउने पनि बताउनुभयो ।

    मन्त्री मेहताले मन्त्रालयले सम्बन्धित क्षेत्रका विज्ञहरू, सञ्चारकर्मी लगायतका सुझावलाई ध्यानमा राखेर काम गर्ने पनि बताउनुभयो ।मन्त्री मेहताले मन्त्रालयमा आउने गरेका गुनासो पनि सम्बोधन हुँदै जाने बताउनुभयो ।

     


    तेस्रो आँखा