सौराहा, ११ मंसिर । नेकपा (एमले) का अध्यक्ष केपी शर्मा ओली पदाधिकारी व्यवस्थापनमा जुट्नुभएकाे छ, जसका कारण बन्दसत्रमा ढिलाइ भएको छ ।
सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाडेपछि ओलीले उहाँसँग छलफल गर्नुभएकाे थियाे । ओलीले नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव गर्नुभएकाे चर्चा छ ।
शुक्रबार महाधिवेशन स्थलमा बसेको केन्द्रीय कमिटीले थपेको पदाधिकारीमा कुन व्यक्तिलाई कहाँ राख्ने भन्ने टुंगो ओलीले सफारी पार्कबाट लगाउने हुनुभएकाे छ ।
ओली बसेकाे हाेटल सफारी पार्कमै अहिले पदाधिकारी बैठक बस्दै छ, जसकारण बन्दसत्र अझै लम्बिने देखिएकाे छ ।
शनिबार बिहान १० बजे सेभन स्टारमा सुरु हुने भनिएको बन्दसत्र साढे ११ बजिसक्दा पनि सुरुभएको छैन । प्रतिनिधिहरू सबै ओलीलाई कुरिरहेका छन् ।
हिजो पनि ८ बजे केन्द्रीय कमिटी बोलाएर ओली राति ११ बजे पुग्नुभएकाे थियाे ।
