• ट्रेण्डिङ्ग :
सहमतिमै यौनसम्बन्ध राखेर पछि बलात्कार आरोप लगाएकी एक किशोरीलाई साढे तीन वर्षको जेल सजाय

सहमतिमै यौनसम्बन्ध राखेर पछि बलात्कार आरोप लगाएकी एक किशोरीलाई साढे तीन वर्षको जेल सजाय


  • 7.2K
    SHARES
    • चैत्र १६, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    सहमतिमै यौनसम्बन्ध राखेर पछि बलात्कार आरोप लगाएकी एक किशोरीलाई साढे तीन वर्षको जेल सजाय

    काठमाडौं, १६ चैत्र। सहमतिमा यौनसम्बन्ध राखेपछि बलात्कार आरोप लगाएकी एक किशोरीलाई साढे तीन वर्षको जेल सजाय भएको छ ।

    images

    अछामको कमलबजारकी ती १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले साढे तीन वर्ष जेल सजायको फैसला सुनाएको हो ।

    किशोरीले आफ्नै घरमा बिहेको प्रस्ताव लिएर आएका रामारोशन गाउँपालिका निवासी २० वर्षीय पुरुषमाथि बलात्कार गरेको आरोपमा मुद्दा हालेकी थिइन् ।  

    गत माघ १५ गते बिहेका लागि माग्न आएका ती पुरुष र किशोरीबी सहमतिमै यौनसम्बन्ध भएको थियो । तर  उनले आफूमाथि बलात्कार गरेको आरोपसहित घटना भएको दुई दिनपछि गत माघ १७ गते जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दिएकी थिइन् ।

    बिहेको प्रस्ताव लिएर आएका ती पुरुष र आफू रातको समयमा एउटै कोठामा सुतेको अवस्थामा बलात्कार गरेको उनले दाबी गरेकी थिइन् । एउटै कोठामा अलग अलग सुते पनि राति आफूलाई जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

    तर जिल्ला सरकारी वकिलसँगको बयानमा किशोरीले सुरुमा बलात्कार गरेको बताएकी छन् ।  

    भने ती पुरुषले जबर्जस्ती करणी नगरेको बरु किशोरीले नै बोलाएपछि सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका थिए ।

    किशोरीकै घरमा बास बसेर शारीरिक सम्बन्धपछि ती पुरुष बिहे पक्का नगरी आफन्तसहित घर फर्केका थिए । आफन्तको निधन भएको भन्दै तत्कालै बिहे नगर्ने केटा पक्षले बताएपछि उनीविरुद्ध बलात्कार मुद्दा चलाइएको थियो ।

    अदालतले पनि दुवैको बयान, आवश्यक प्रमाण र शारीरिक परीक्षणसहितको विवरणको अध्ययन गरेपछि ती किशोरी र पुरुषबीच सहमतिमै यौन सम्बन्ध स्थापित भएको ठहर गरेको छ ।

    दुवै पक्षको बयान र आवश्यक तथ्य प्रमाणका आधारमा अदालतले यो मुद्दामा किशोरीलाई तीन वर्ष जेल सजाय तोक्दा ती २० वर्षीय पुरुषलाई सफाइ दिएको छ । किशोरीलाई अदातलको आदेशमा जिल्ला कारागार कार्यालय चलान गरिने भएको छ ।


    तेस्रो आँखा