• ट्रेण्डिङ्ग :
पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह

पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह


  • 1.8K
    SHARES
    • जेठ २९, २०८३ शुक्रबार
    • ४ महिना अघि
    • 2.8K Views

    पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह

    काठमाडौं, जेठ  २९ गते ।  विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्न आग्रह गर्नुभएको छ ।

    images

    मन्त्रीले पुनले सामाजिक सञ्जालमार्फत विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अनुदान पाउन आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्नुपर्ने कुरालाई ध्यानमा राखेर बजेट बनाउन प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नुभएको हो ।

    “देशलाई समृद्ध बनाउन नगरीनहुने महत्वपूर्ण  कदम हाम्रो मन्त्रालयले चाल्ने छ ।’’, उहाँले भन्नुभएको छ, “ देशको  विकास तथा अनुसन्धान र नवप्रवर्तन कसरी गर्ने–गराउने भन्ने संस्कार सङ्घीय, प्रदेश र स्थानीय सरकारसहित आम नेपाली जनतालाई  सिकाउन निरन्तर लागिरहनेछु ।’’ रासस

     


    तेस्रो आँखा