• ट्रेण्डिङ्ग :
रास्वपा बागमती सभापतिमा अर्याल निर्वाचित

रास्वपा बागमती सभापतिमा अर्याल निर्वाचित


  • 1.6K
    SHARES
    • जेठ ३१, २०८३ आइतबार
    • ४ महिना अघि
    • 2.4K Views

    रास्वपा बागमती सभापतिमा अर्याल निर्वाचित

    काठमाडौँ, जेठ ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा उहाँले निवर्तमान सभापति डा. अच्युतम लामिछानेलाई दुई मतले पराजित गर्दै प्रदेश नेतृत्वमा निर्वाचित हुनुभएको हो ।

    images

    रास्वपा केन्द्रीय निर्वाचन विभागका संयोजक भुवन केसीका अनुसार अर्यालले ४१६ मत प्राप्त गर्नुभएको छ भने लामिछानेले ४१४ मत प्राप्त गर्नुभएको थियो ।

    रास्वपाको बागमती प्रदेश अधिवेशन जेठ २६ गते हेटौँडामा उद्घाटन भएको थियो । नेतृत्व चयनसम्बन्धी विवादका कारण रोकिएको निर्वाचन प्रक्रिया शनिबार काठमाडौँको धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा सम्पन्न गरिएको हो ।

    प्रदेश सभापति पदका लागि निवर्तमान सभापति लामिछाने र उत्सव अर्याल प्रतिस्पर्धामा रहनुभएको थियो । निर्वाचनअघि प्यानल बनाएर प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था रहे पनि प्रमुख उम्मेदवारबिच अघोषित रूपमा समूहगत प्रतिस्पर्धा भएको चर्चा चलेको थियो । निर्धारित समयभन्दा ढिलो मतदान सुरु हुँदा केही प्रतिनिधिले असन्तुष्टि जनाएका थिए ।   

     


    तेस्रो आँखा