• ट्रेण्डिङ्ग :
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक


  • 1.9K
    SHARES
    • आषाढ १, २०८३ सोमबार
    • ४ महिना अघि
    • 2.9K Views

    राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक

    काठमाडौँ, असार १  गते ।  विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरणलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । 

    images

     

    प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा विज्ञसँगको छलफलमा उहाँले बर्दिवास, धनगढी, बुटवल र वीरेन्द्रनगरमा  रहेका प्रयोगशालाको भौतिक संरचना निर्माण गरिने जानकारी दिनुभयो । 

     

    समितिका सभापति डा ओजस्वी शेरचनले प्रयोगशालाको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । प्रयोगशाला विज्ञहरु ओमप्रकाश शर्मा र गोपाल चौधरीले अपराधीकरणका मुद्दामा जाँच गरिने डिएनए परीक्षण र मानव पहिचानसम्बन्धी डिएनए बैंकको आवश्यकताबारे धारणा राख्नुभएको थियो । 

     

    साथै, विज्ञ नीराजन थापाले प्रयोगशालामा दक्ष जनशक्तिको अभाव भएको बताउँदै विधेयकमा प्रशिक्षणको व्यवस्था समावेश गरिनुपर्ने सुझाव दिनुभयो । 

     

    सांसद डा चन्द्रमोहन यादवले ‘डिएनए डेटा बेस बैंक’ आवश्यक रहेको बताउनुभयो । सांसद डा लेखजङ्ग थापाले पनि डिएनए बैंक स्थापना जरुरी रहेको बताउनुभयो । उहाँले डिएनए सुरक्षाका लागि प्रयोगशालको लेखापरीक्षण गर्नुपर्ने धारणा राख्नुभयो ।

     

    सांसद पुकार बमले प्रयोगशालालाई देशव्यापी र प्रभावकारी बनाउन योजना निर्माण आवश्यक रहेको बताउनुभयो । सांसद गुरुप्रसाद बरालले वैज्ञानिक विदेश पलायन हुनबाट रोक्न योजना आवश्यक रहेको उल्लेख गर्नुभयो । सांसद चन्दनकुमार सिंह र गणेश पौडेलले पनि प्रयोगशालाका लागि पर्याप्त बजेट र स्रोतसाधनको व्यवस्थापन आवश्यक रहेकामा जोड दिनुभयो । रासस

     


    तेस्रो आँखा