• ट्रेण्डिङ्ग :
तीन प्रहरी डीआइजीलाई एआईजीमा बढुवा गर्न सरकारलाई बाटाे खुल्याे

तीन प्रहरी डीआइजीलाई एआईजीमा बढुवा गर्न सरकारलाई बाटाे खुल्याे


  • 10.1K
    SHARES
    • चैत्र १७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 15.5K Views

    तीन प्रहरी डीआइजीलाई एआईजीमा बढुवा गर्न सरकारलाई बाटाे खुल्याे

    काठमाडौं, १७ चैत्र । सरकारलाई तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई एआईजीमा बढुवा गर्न बाटाे खुलेकाे छ । 

    images

    लोकसेवा आयोगले तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई एआईजीमा बढुवा गर्न गरेको सिफारिसलाई सदर गरेसँगै सरकारलाई बढुवाका लागि बाटो खुलेको हाे ।

    गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धिरजप्रताप सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको थियो ।

    तर वरिष्ठता र कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीले लोकसेवा आयोगमा उजुरी दिएका थिए ।


    तेस्रो आँखा