• ट्रेण्डिङ्ग :
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट


  • 1.9K
    SHARES
    • आषाढ ३, २०८३ बुधबार
    • ४ महिना अघि
    • 3.0K Views

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    काठमाडौँ, असार ३ ।  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा रु एक हजार २०० र चाँदी रु १० ले घटेको हो । 

    images

    नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ९७ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु चार हजार ९८०  कायम भएको छ । 

    हिजो मङ्गलबार एक तोला सुनको मोल रु दुई लाख ९८ हजार ५०० र चाँदी रु चार हजार ९९० मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३४९ र त्यति नै परिमाणको सेतो धातुको ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

     


    तेस्रो आँखा