• ट्रेण्डिङ्ग :
महाधिवेशनले पार्टी बलियो बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना

महाधिवेशनले पार्टी बलियो बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना


  • 794
    SHARES
    • आषाढ ११, २०८३ बिहीबार
    • ४ महिना अघि
    • 1.2K Views

    महाधिवेशनले पार्टी बलियो बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना

    चितवन, असार ११ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले महाधिवेशनले रास्वपालाई थप सुदृढ, जिम्मेवार र एकीकृत बनाउने बताउनुभएको छ ।

    images

    पार्टीको पहिलो महाधिवेशनमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले महाधिवेशनपछि पार्टी थप बलियो र जिम्मेवार ढङ्गले अघि बढ्ने बताउनुभयो ।

    ‘‘रास्वपाभित्र गुट–उपगुट नभएकाले एकीकृत भएर जानुको विकल्प छैन ।  महाधिवेशन प्रतिनिधिले दिएको निर्णयलाई आत्मसात गरी रास्वपालाई राम्रो बनाउने हाम्रो जिम्मेवारी हो”, उहाँले भन्नुभयो, “पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन ।”

    राजनीतिक पार्टी जीवनमा महाधिवेशनको ठुलो अर्थ रहने बताउँदै मन्त्री तिमिल्सिनाले महाधिवेशनले पार्टीलाई थप बलियो र एकीकृत बनाएर लैजाने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टीको तल्लो तहमा रही देशका कुना कुनाबाट आएका साथीहरुले रास्वपाको गति र भावना बोक्नेलाई  विवेक पुर्‍याएर मतदान गरिराख्नुभएको छ । यही हो पार्टी जीवनको लोकतन्त्र ।”

    मन्त्री डा. तिमिल्सिनाले महाधिवेशनले छान्ने नेतृत्वले मुलुकको सबैभन्दा ठुलो राजनीतिक दल रास्वपालाई आमनागरिकको अपेक्षा अनुरुप अगाडि बढाउने विश्वास दिलाउनुभयो । रासस 


    तेस्रो आँखा