काठमाडौँ, असार ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति सदस्य चयनका लागि जारी निर्वाचनमा मतदान गर्नुभएको छ ।
काठमाडौँमा भइरहेको पार्टीको केन्द्रीय महाधिवेशनमा आज मतदान गर्दै उहाँले लोकतान्त्रिक अभ्यासमा सहभागी हुन पाउनु खुसीको कुरा भएको बताउनुभयो । निवर्तमान उपसभापति डा. वाग्ले यस पटकको निर्वाचनमा केन्द्रीय सदस्य पदको प्रतिस्पर्धामा समेत रहनुभएको छ ।
रास्वपाको नयाँ नेतृत्व र केन्द्रीय कार्यसमिति चयनका लागि महाधिवेशन प्रतिनिधिहरूले उत्साहजनक रूपमा मतदान गरिरहेका छन् ।
