• ट्रेण्डिङ्ग :
रास्वपा महाधिवेशन: केन्द्रीय सदस्यका लागि मतदान सकियो, अब पदाधिकारी चयन प्रक्रिया सुरु

रास्वपा महाधिवेशन: केन्द्रीय सदस्यका लागि मतदान सकियो, अब पदाधिकारी चयन प्रक्रिया सुरु


  • 1.4K
    SHARES
    • आषाढ ११, २०८३ बिहीबार
    • ४ महिना अघि
    • 2.2K Views

    रास्वपा महाधिवेशन: केन्द्रीय सदस्यका लागि मतदान सकियो, अब पदाधिकारी चयन प्रक्रिया सुरु

    चितवन, असार ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ ।

    images

    पार्टी सभापति रवि लामिछानेले मतदान गरेसँगै निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सम्पन्न भएको हो । महाधिवेशनअन्तर्गत गएराति १२ बजेदेखि मतदान सुरु भएको थियो।

    केन्द्रीय सदस्य पदको निर्वाचनमा ३७९ जनाले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन समितिले दिएको जानकारीअनुसार केन्द्रीय सदस्यको मतदान सम्पन्न भएसँगै अब पदाधिकारी चयनको निर्वाचन प्रक्रिया सुरु हुनेछ ।


    तेस्रो आँखा