• ट्रेण्डिङ्ग :
पार्किङ गरिएका  दुई सवारीसाधनमा आगजनी

पार्किङ गरिएका  दुई सवारीसाधनमा आगजनी


  • 8.5K
    SHARES
    • चैत्र १७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    पार्किङ गरिएका  दुई सवारीसाधनमा आगजनी

    काठमाडौं, १७ चैत्र । बेनी–दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रहेको दुई सवारीसाधनमा आगजनी भएको छ।

    images

    आज बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका भ्यान र ट्याक्सीमा अज्ञात व्यक्तिबाट आगजनी गरिएको बताइएको छ  । सडकमै पार्किङमा रहेका ध १ ज ९८६ नं को भ्यान र ध १ ज ७२६ नं को ट्याक्सीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीका अनुसार सवारी साधनमा आगलागी गर्ने व्यक्तिको पहिचान भएको छैन।

    बुधबार बेलुका करिब ७ बजे दुबै सवारीसाधन एक आपसमा ठोक्किएर सामान्य दुर्घटना भएपछि भएको क्षति दुबैपक्षले एकआपसमा व्यहोर्ने गरी मिलापत्र गराइएको थियो । दुबै सवारी साधनका धनी स्थानीयवासी नै भएकाले  तिनलाई डम्मरास्थित सडकमै पार्किङ गरिएकामा  आगलागी भएपछि घटना रहस्यमय बनेको छ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप