काठमाडौं, १७ चैत्र । काठमाडौंको सेतो पुल नजिकै फोहोरमा फालिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ।
बिहीबार करिब साढे ११ बजे मैतीदेवी सेतो पुल नजिकै फोहोरमा नवजात शिशुको शव फेला परेको हो।
स्थानीयले खबर गरेपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। महानगरीय अपराध महाशाखाको टोली पनि घटनास्थलमा पुगेको छ।
तस्वीर : सामािजक सञ्जाल
