• ट्रेण्डिङ्ग :
मन्त्रालय घटाउँदा २० अर्ब बचत

मन्त्रालय घटाउँदा २० अर्ब बचत


  • 2.1K
    SHARES
    • आषाढ २०, २०८३ शनिबार
    • ४ महिना अघि
    • 3.3K Views

    मन्त्रालय घटाउँदा २० अर्ब बचत

    काठमाडौँ, असार २० गते ।प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ ।

    images

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गर्नुभएको हो ।

    मन्त्री पोखरेलले सार्वजनिक गर्नुभएको पहिलो बुँदामा सङ्घीय मन्त्रालयको सङ्ख्या कटौतीको विषय समावेश गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी बाचापत्र उल्लेख भएबमोजिम मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो ।

    उहाँले मन्त्रालयको सङ्ख्या घटाएसँगै वार्षिक करिब २० अर्ब राज्य कोषमा बचत हुने अनुमान गरिएको बताउनुभयो ।

    यसैगरी उहाँले अन्य संरचनाहरु खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढाउने जनाउँदै राजनीतिक दल निकट ट्रेड युनियन, विद्यार्थी सङ्गठन खारेजीलगायतका सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको बताउनुभयो । रासस



    तेस्रो आँखा