• ट्रेण्डिङ्ग :
गृहमन्त्री सुदन गुरुङद्वारा धनकुटामा विभिन्न कार्यालयको अनुगमन

गृहमन्त्री सुदन गुरुङद्वारा धनकुटामा विभिन्न कार्यालयको अनुगमन


  • 1.6K
    SHARES
    • आषाढ २१, २०८३ आइतबार
    • ३ महिना अघि
    • 2.5K Views

    गृहमन्त्री सुदन गुरुङद्वारा धनकुटामा विभिन्न कार्यालयको अनुगमन

    पाख्रीबास, असरा २१ गते । नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङले धनकुटास्थित जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । आइतवार बिहान धनकुटामा अवस्थित निशान भगवतीको मन्दिर दर्शनपछि जिल्लाका विभिन्न कार्यालयको अनुगमन तथा निरिक्षण गर्नुभएको हो ।

    images

    निशान मन्दिर परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताले उहाँलाई स्वागत गरेका थिए । स्वागत पश्चात् उहाँले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र कारागारलगायतका कार्यालयको अनुगमन गर्नुभएको थियो । 

    गृहमन्त्री गुरुङ शनिबार धनकुटाको भेडेटार आइपुग्नु भएको थियो । भेडेटारस्थित त्यहाँ रहेको इलाका प्रहरी  कार्यालयको समेत अनुगमन तथा निरीक्षण गर्नु भएको थियो ।

    कार्यालय अनुगमन तथा निरिक्षणपछि उहाँ आफन्तको तथा पारिवारिक भेटघाट गर्नुभएको थियो । भेटघाटपछि उहाँ  सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान घोपा क्याम जाने कार्यक्रम रहेको छ ।

    Author
    गोरखापत्र अनलाइन
     
     
     
     
     
     


    तेस्रो आँखा