• ट्रेण्डिङ्ग :
नेपालीले आत्मदाह गरेको घटनाबारे सरकारको ध्यानाकर्षण

नेपालीले आत्मदाह गरेको घटनाबारे सरकारको ध्यानाकर्षण


  • 1.7K
    SHARES
    • आषाढ २६, २०८३ शुक्रबार
    • ३ महिना अघि
    • 2.6K Views

    नेपालीले आत्मदाह गरेको घटनाबारे सरकारको ध्यानाकर्षण

    काठमाडौँ, असार २६ ।प्रतिनिधिसभामा सांसदहरुले मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरमा आत्मदाह गरेको घटनाका सम्बन्धमा सरकारको ध्यानकर्षण गराउनुभएको छ ।

    images

    बैठकको आकस्मिक समयमा सांसद खड्कबहादुर शाहीले गणेश नेपालीले आत्मदाहको बाटो रोज्नु दुःखद् भएको बताउनुभयो । सांसद वर्षामान पुनले नेपालीको घटनाप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले रोल्पामा भएका सवारी दुर्घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद आशिका तामाङ, यशोदाकुमारी बराल र शाहजान खातुनले नेपालीले आत्मदाह गर्दा राज्यले नसुनेको गुनासो गर्नुभयो।

    सांसद ऐन महरले नेपालीले आत्मदाहको प्रयास गरेपछि बीर अस्पतालमा उपचार गराइरहँदा निधन भएको उल्लेख गर्दै परिवारका सदस्यलाई भेट्न नदिएको बताउनुभयो ।

    सांसद गीता गुरुङले सुकुमबासी बस्तीबाट हटाइएकाहरु अलपत्र परेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस


    तेस्रो आँखा