हत्या आह्वानको दाबी गर्दै ट्रम्पको इरानलाई चेतावनी

हत्या आह्वानको दाबी गर्दै ट्रम्पको इरानलाई चेतावनी


  • 2.0K
    SHARES
    • आषाढ २७, २०८३ शनिबार
    • ३ महिना अघि
    • 3.0K Views

    हत्या आह्वानको दाबी गर्दै ट्रम्पको इरानलाई चेतावनी

    दुबई, असार २७ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा आफूलाई हत्या गर्न खुला आह्वान गरिएको दाबी गर्दै इरानलाई कडा चेतावनी दिनुभएको छ ।

    images

    शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रथ सोसलमा ट्रम्पले यस्तो अभिव्यक्ति सार्वजनिक गर्नुभएको हो । उहाँको पछिल्लो भनाइले मध्यपूर्वमा पुनःतनाव बढ्नसक्ने सङ्केत गरेको छ ।

    यसअघि अमेरिका र इरानबिच केही दिनसम्म सैन्य आक्रमण र जवाफी कारबाही भएका थिए, जसले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको थियो ।

    ट्रम्पले आफ्नो सन्देशमा इरानविरुद्ध एक हजार क्षेप्यास्त्र तयारी अवस्थामा रहेको दाबी गर्दै इरानी सरकारले आफूविरुद्ध कुनै पनि प्रकारको आक्रमण वा धम्कीलाई कार्यान्वयन गरेमा तत्काल थप हजारौँ क्षेप्यास्त्र प्रहार गरिने चेतावनी दिनुभएको छ ।उहाँले अमेरिकी सेनाले आवश्यक परे इरानका सबै क्षेत्रलाई पूर्ण रूपमा ध्वस्त पार्ने दाबीसमेत गर्नुभएको छ । रासस/एपी

  • सम्बन्धित विषय:

  • # गुल्मी

  • तेस्रो आँखा