• ट्रेण्डिङ्ग :
सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढायाे

सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढायाे


  • 7.5K
    SHARES
    • चैत्र १८, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    सरकारले सार्वजनिक सवारीसाधनको भाडा  बढायाे

    काठमाडौ, १८  चैत्र । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढ्दै गएकाे भन्दै यातायात व्यवसायीले दवाव दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो ।

    images

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा भाडा बढाउन स्वीकृत गरेको हो । हाल कायम भएको दरमा १० देखि १३ प्रतिशतसम्म भाडा वृद्धि हुने भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

    साथै अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ भएमा सोअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय गरेकाे छ । असारयता डिजेलको मूल्य ३४ प्रतिशत बढेको आधारमा हाल नयाँ भाडादर तय भएको विभागले जनाएको छ ।

    विभागले स्वचालित भाडा प्रणाली लागू गर्न १३ वटा सूचकलाई आधार बनाएको छ । ती सूचकमध्ये पेट्रोलियम पदार्थको मूल्य हिस्सा ३५ प्रतिशत रहन्छ। यसअघि यातायात व्यवस्था विभागले नै स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाउन मन्त्रालयमा सिफारिस गरेको थियो। सो सिफारिसलाई मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरिएको हो ।

     


    तेस्रो आँखा