• ट्रेण्डिङ्ग :
जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम


  • 1.8K
    SHARES
    • श्रावण ११, २०८३ सोमबार
    • ३ महिना अघि
    • 2.7K Views

    जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

    चितवन, साउन ११  गते ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको चाहनाअनुरुप विकासका लागि आवश्यक कानुन संशोधन गर्नुपर्ने  बताउनुभएको छ ।

    images

     स्थानीय पत्रकारसँग आज कुराकानी गर्दै उहाँले जनताको अपेक्षाअनुसार कानुन बनाउन नसक्दा योजना अनुसारका काम गर्न कठिनाइ हुने बताउनुभयो । मन्त्री गौतमले भन्नुभयो, “नेतृत्वको चाहनाले होइन, जनताको सोचाइअनुसार कानुन बनाउन सकिएन भने परिणाम दिन कठिन हुन्छ ।” 

    उहाँले आर्थिक वर्ष २०८३/८४ लाई कानुन सुधार वर्षका रुपमा घोषणा गरेकाले १६६ वटा कानुन बनाउनुपर्ने छ भन्नुभयो । मन्त्री गौतमले काममा बाधा पुग्ने कानुनलाई तत्काल संशोधन गरिने बताउँदै निजामती सेवमा ३० वर्षे सेवा र ५५ वर्ष उमेर हदको कुरा प्रक्रियामा रहेको बताउनुभयो । रासस



    तेस्रो आँखा