• ट्रेण्डिङ्ग :
रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान


  • 2.3K
    SHARES
    • श्रावण १३, २०८३ बुधबार
    • ३ महिना अघि
    • 3.6K Views

    रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

    काठमाडौँ, साउन १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

    images

    बुधबार बिहान ८ सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा सर्वदलीय बैठक आह्वान गरिएको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार  बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको छ ।

    महामन्त्री आचार्यले भन्नुभयो “बैठकका लागि सबै दललाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूलाई आफैँ फोन गरेर आमन्त्रण गर्नुभएको छ ।”


     


    तेस्रो आँखा