काठमाडौँ, साउन १४ गते । प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार साँझ देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ। सुनसरी मधेशमा भइरहेका पछिल्ला घटनाक्रम, देशको शान्ति-सुरक्षाको स्थिति तथा समसामयिक विषयवस्तुका बारेमा प्रधानमन्त्री शाहले सम्बोधन गर्न लाग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजन, रेडियो नेपाल तथा विभिन्न सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
